spot_img

प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रह्यो, ओली

spot_img

काठमाडाैँ,  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गर्नुभएको छ ।संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गर्नुभएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उहाँले बताउनुभयो ।प्रतिनिधि सभाको कार्यकाल भोलि शनिवार राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन पनि दिनुभएको छ । मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तोकिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img