प्रधानमन्त्रीले रोकेःकालापानीसहितको नेपाली भूमि समावेश पाठ्यपुस्तक वितरण

काठमाडौं, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले कालापानीसहितको नेपालको भूमि समावेश पाठयपुस्तकको वितरण प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार रोकिएको स्पष्ट पार्नुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिनुभएको हो ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमि सुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने मन्त्री पोखरेलको भनाइ थियो ।

सरकारले नेपालको सीमा कालापानी सहितबारे उल्लेखित पुस्तक प्रकाशित गरेको थियो । तर, सो पुस्तकमा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले पुस्तक वितरण नगर्न निर्देशन दिइएको बताइएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय...

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको...

कांग्रेस अझै अन्योलमा

काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार...

प्रधानमन्त्रीको ’शंकास्पद’ पत्रले ल्याएको तरंग

प्रतिनिधि सभा विघटनको सिफारिस गरेर राष्ट्रपतिलाई मन्त्रिपरिषदले पत्र पठाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको ’शंकास्पद’ पत्रले अदालतभित्र र बाहिर तरंग पैदा गरेको छ। सर्वोच्च...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -