spot_img

स्थानीय चुनावभन्दा २,५४,८४७ मतदाता बढी

spot_img

काठमाडाैँ, गत स्थानीय चुनावको तुलनामा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा साढे दुई लाखभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले शुक्रबार प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार ४ मंसिरमा हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम हुने भएका छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । दुई लाख ५४ हजार ८४७ मतदाता यसपटक थपिने भएका हुन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपिलयाका अनुसार यो संख्या १९ साउनभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो ।आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै, १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदान केन्द्र रहनेछन् ।

सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा, कम कर्णालीमा

मतदाता नामावलीअनुसार सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम कर्णालीमा हुनेछन् । बागमतीमा ३४ लाख ७१ हजार ४९२ मतदाता हुँदा कर्णाली प्रदेशमा १० लाख आठ हजार ४०३ मतदाता छन् । बागमतीपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ मतदाता छन् ।

त्यस्तै, सबैभन्दा धेरै मतादाता मोरङमा छन् । आयोगका अनुसार मोरङमा सात लाख ३५ हजार ५२५ मतदाता छन् । त्यसपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता भने मनाङमा छन् । त्यहाँ ६ हजार ७७९ जना मतदाता मात्रै छन् । त्यसपछि मुस्ताङमा १० हजार ९५७ जना र डोल्पामा २२ हजार ७७४ मतदाता रहेका छन् ।

सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा

निर्वाचन आयोगले शुक्रबार नै मतदान केन्द्र र स्थल पनि तय गरेको छ । मतदाता संख्याका आधारमा मतदानस्थल र केन्द्र तय गरिएका छन् । ‘सबैभन्दा बढी मतदाता भएका हिसाबले सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा राखेका छौँ । त्यस्तै, कम मतदाता संख्या भएको मनाङमा सबैभन्दा कम हुनेछन्,’ उनले भने ।

थपलियाका अनुसार १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये मोरङमा मात्रै ८३९ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसपछि काठमाडौंमा ७६७ र झापामा ७६६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा २८ वटा केन्द्र मात्रै तोकिएको छ । त्यसपछि मुस्ताङमा ३९ र रसुवामा ५२ वटा मतदान केन्द्र तय गरिएको छ ।

आयोगले सबैभन्दा बढी मतदान केन्द्र भएको प्रदेशको नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा हुने भएको छ । त्यहाँ चार हजार २३५ वटा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी बागमती प्रदेशमा चार हजार १४३ र प्रदेश १ मा चार हजार ९९ वटा मतदान केन्द्र कायम गरिएको छ ।सबैभन्दा कम मतदान केन्द्र भने कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा एक हजार ४०३, सुदूरपश्चिम प्रदेशमा दुई हजार १४६ र गण्डकी प्रदेशमा दुई हजार ३३९ वटा मतदान केन्द्र कायम गरिएको हो ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img