काठमाडाैँ, सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको मुल्य आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।