spot_img

निर्वाचनमा कांग्रेसले नै म्यान्डेट पाउँछ, सिट बाँडफाँड छिट्टै टुंगिन्छ, प्रकाशमान सिंह

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने दाबी गरेका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आइतबार शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले जनताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाइ थियो। स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा उनको जोड छ।

सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडबारे छलफल भइरहेकाले छिट्टै निकास निस्कने उल्लेख गर्दै उनले भने, ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँड हुन्छ। सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img