spot_img

८ कात्तिकदेखि भारतीय न्युज च्यानल बन्द हुदैँ

spot_img

काठमाडौं,कानुनअनुसार आगामी ८ कात्तिकसम्म विदेशी टेलिभिजन च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नुपर्छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

तर भारतका टेलिभिजन सेवा प्रदायकले नेपालमा प्रसारण हुने कन्टेन्टमा क्लिन फिड गर्ने उपकरणहरू भर्खर नेपाल ल्याउन थालेका छन् । केही च्यानल र प्याकेज प्रदायकले त यसमा चासो नै दिएका छैनन् ।

केही समयअघिसम्म कुन प्रविधिमार्फत, कहाँ च्यानललाई क्लिन फिड गर्ने भन्ने अन्योल थियो । अन्तिम समयमा भारतीय टेलिभिजन प्रसारकहरूले नेपालमा डाउनलिङ्क भएका च्यानल वितरण गर्नुअघि नेपालमै आएर क्लिन फिड गरिदिन तयारी गरेका छन् । एक टेलिभिजन सेवा प्रदायकका अनुसार सोनीले आफ्ना च्यानलहरू क्लिनफिड गर्ने उपकरण ल्याउँदैछ भने केहीले अहिलेसम्म चासो देखाएका छैनन् ।

नेपाल केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुली केही कम्पनीले क्लिन फिड गर्न उपकरण ल्याएर जडान थालेको र कतिपय इच्छुक नदेखिएको बताउँछन् ।इन्डिया ब्रोडकास्टर्स फोरम ( आईबीएफ )ले कोरोनाका कारण समस्या भएको भन्दै क्लिन फिड लागू हुने समयसीमा बढाउन नेपाल सरकारलाई पत्रमार्फत आग्रह गरेको छ । नेपालमा भारतीय च्यानल प्रसारण गर्ने टेलिभिजन सेवा प्रदायकहरूलाई पनि आईबीएफले यस्तो पत्र पठाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img