केडद्धारा आयोजित २ दिने दलित जनप्रतिनिधिहरुलाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न
डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा केडद्धारा सञ्चालित २ दिने दलित जनप्रतिनिधिहरुलाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । केड र डोल्पो दलित सशक्तिकरण केन्द्रको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका दलित जनप्रतिनिधि सहित अन्य दलित समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा दलित जनप्रतिनिधि तथा अधिकारकर्मीहरुलाइ संवैधानिक कानुनी व्यवस्था एवं नगरपालिकामा दलित अधिकार डेक्स स्थापना विषयमा छलफल भएको थियो । दलित जनप्रतिनिधिहरुका काम, कर्तव्य र अधिकारहरुबारे प्रस्ट पार्ने,संबैधानिक र कानुनी व्यवस्थाबारेमा जानकारी दिने,त्रिपुरासुन्दरीमा दलित अधिकार डेस्कको स्थापना गर्ने विषयमा छलफल र निर्णय गर्ने केडका विषयगत संयोजक लिला टमाटाले बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मीहरुले दलित समुदायको हक अधिकार कसरी स्थापना गर्ने भन्ने विषयमा प्रशिक्षण समेत दिएका थिए । दलित समुदायबाट जनप्रतिनिधिहरुले समुदायका लागि काम गर्ने सहित अधिकार स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता गरेका थिए ।

- Advertisement -![spot_img]()
- Advertisement -![spot_img]()
- Advertisement -![spot_img]()
- Advertisement -