spot_img

“४ दिने डोल्पाको पैदल भ्रमणमा मन्त्री विरवहादुर शाहीले जिते जनताको मन” ( फाेटाे फिचर सहित)

spot_img

रूपक कुलाल,डोल्पा

कर्णाली प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विरवहादुर शाही ४ दिने गृह जिल्ला डोल्पा भ्रमण सकेर सुर्खेत फर्कनु भएको छ । भदौं ३१ गते सुर्खेतबाट पैदल यात्रा गरेरै गृहजिल्ला डोल्पा पुगेका मन्त्री शाहिले बाटोमा भेरीकरीडोरको अवलोकन गर्दै,प्रदेश सरकारका योजनाहरुको अवलोकन सहित जिल्लाका सबै सरकारी कार्यालय प्रमुखहरुको बैठक राखेर गुनाशा सुनेर निर्देशन समेत दिनुभएको थियो । यस्तै मन्त्री शाही माओवादी जिल्ला पार्टीको कार्यक्रममा समेत सहभागि हुनु भएको थियो ।

भेरी करीडोरको अवलोकनः

मन्त्री शाहीले भेरी करिडोर अन्तरगतको छिन्चु सुर्खेत,जाजरको,रुकुम र डोल्पा सडकखण्ड दुनैसम्मको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मन्त्रीशाहीले कामहरु धमाधम समयमै सक्न निर्माण कम्पनीहरुलाइ निर्देशन दिनुभएको थियो । भेरीकरीडोरको तल्लुसम्म सडक स्तरउन्नती पछि कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । भेरीकरीडोर सडकखण्ड कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री शाहीले निमार्ण सम्पन्न भए डोल्पा,जाजरटको र रुकुमसहितका जनाताको मुहार फेरीने बताउनु भयो ।

पार्टीको कार्यक्रममा सहभागीः
यस्तै मन्त्री शाही माओवादी केन्द्र जिल्ला समन्वय समितिको तेस्रो पूर्ण बैठकमा सहभागि भए । जिल्ला पार्टीको बैठकमा मन्त्री शाहीले चुनावमा जिताउने देखि मन्त्री बनाउने सम्ममा जिल्ला पार्टी देखि नेता कार्यकर्ताको ठुलो सहयोग रहेको बताउनु भयो । अव जिल्लामा माओवादी मात्रै डोल्पाका ठुला नेताको कब्जाबाट अछुतो रहेकोले पार्टीलाइ पहिलो पार्टी बनाउन अव सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनु भयो । मंसिरको चुनावमा पार्टीका उम्मेदवारलाइ जिचाउन अझ डटेर लाग्न नेता कार्यकर्तालाइ निर्देशन समेत दिनुभयो ।

कमर्चारीहरूसँग छलफलः

यस्तै शाही गृह जिल्ला डोल्पा पुगेर सबै सरकारी कार्यलय प्रमुखहरूसंगको छलफलमा सहभागी हुनुभएको काम। छलफल पछी मन्त्री शाहीले कर्मचारीका गुनासा सुन्ने,समाधानको पहल बताउनु भएको छ । सेवाप्रबाहलाइ चुस्त बनाउन समेत समेत मन्त्री शाहीको निर्देशन छ । छलफल कार्यक्रममा जिल्ला भरिका कार्यालय प्रमुखहरुको सहभागीता थियोे । कर्मचारीहरुले दरबन्दी कमिका कारण कर्मचारीको समस्या,बजेट अपुग, बत्ति,खानेपानीको,अस्पतालजम्म पुलको आवश्यकता रहेको भतायका थिए। समस्या देखियको छ ।

मन्त्री शाहीले जिल्लामा रहँदा जनताको घरदैलो अभियान समेत गर्नुभएको थियो । अभियानका क्रममा जनताले मन्त्री शाहीलाइ फेरी लामो समय मन्त्री बनेको हेर्ने र जिल्लाका आशालाग्दो नेता भएको सुझाव दिएका थिए । सांसद देखि मन्त्री हुँदासम्म जनताको गुनासा र समस्या सुनेर समाधान गरेकोले जनताको धेरै आशा र भरोसा रहेको समेत जनताको भनाइ थियो । मन्त्री शाही ३ गते सोमबार फेरी प्रदेशका बाँकी योजनाको अवलोकन र अन्य जिल्लाका मन्त्रालयका मातहतका कार्यालयलाइ निर्देशन दिने देखि सेवा प्रवाह चुस्त बनाउने भन्दै सुर्खेत प्रस्तान गर्नुभएको छ

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!