spot_img

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

spot_img

बिहार, भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा २१ जनाको मृत्यु भएको छ।बिहारको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले मंगलबार टेलिफोनबाट सो घटनाको पुष्टि गरेका हुन् । कृषिकर्ममा व्यस्त भएका बेलामा उनीहरूको ज्यान गएको हो ।

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन्।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन्। साथै उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img