spot_img

मंसिर ४ मा गठबन्धनका अपराधको छिनोफानो र फैसला हुन्छ, अध्यक्ष ओली

spot_img

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गन्तव्यबिनाको गठबन्धन भएको बताएका छन्।बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनसँग गन्तव्य नभएको र सत्ताका लागि मरिहत्ते गर्ने भन्दै टिप्पणी गरे।

सही दिशा र सही विचारले मात्रै मुलुक बन्ने भन्दै ओलीले त्यसका लागि गन्तव्य निर्दिष्ट हुनुपर्ने बताए।उनले गठबन्धनसँग यी दुवै कुरा नभएको दावी गरे।उनले भने,’ गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंको गन्तव्य के हो ? एउटा जसरी पनि सत्ता प्राप्त गर्ने ? घुँडा टेकेर सुरुवाल माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा।’

ओलीले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले गरेका अपराधको एक÷एक छिनोफानो र फैसला हुने बताए। उनले भने,’ मंसिर ४ मा जनताले हेरिराखेका छन्। गठबन्धनले गरेको अपराधको एकएक छिनोफानो र फेसला हुन्छ।’निर्वाचनमा गठबन्धनलाई जनताले हराएर छोड्ने र एमालेलाई जिताउने उनको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img