spot_img

मुस्ताङ–डोल्पा जोड्ने पुल सात वर्षपछि उद्घाटन

spot_img

जोमसोम, कालिगण्डकी नदीमा मुस्ताङ र डोल्पा जोड्ने एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल सात वर्षपछि सम्पन्न भएको छ।साविक जिल्ला विकास समितिले ठेक्का लगाएको एक्लेभट्टी–पाक्लिङ मोटरेबल सात वर्षमा सम्पन्न भएको होराष्ट्रिय गौरवको जोमसोम–कोरला सडकसँगै जोडिएको मुस्ताङ–डोल्पा जोड्ने कालिगण्डकी नदीमा निर्माणधीन एक्लेभट्टी–पाक्लिङ पुल २०७२ असार ३१ गते एलाइट संकरमाली जेभीले १२ करोड १३ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको थियो।

पुल बनाउन जेभीले ठेक्का सम्झौता गरेपनि विभिन्न कारणले पुल निर्माणमा ढिलाइ भएको थियो। पूर्वाधार विकास कार्यालयले पछिल्लो समय पुल बनाउने ठेक्का सम्झौता गरेको दोस्रो प्रतिनिधिबाट निर्माण अघि बढाएको थियो।मुस्ताङ–डोल्पा पुलको लम्बाइ १२० मिटर छ भने पुलको चौडाइ सात दशमलव २ मिटरको छ। ४० मिटरको फेरोमा पुलको तीनवटा स्पान छन्।पुलको तल पट्टीको बिममा स्टील प्लेट गर्डर र माथिल्लो भागमा स्ल्याप ढलान गरिएको छ।

निवर्तमान प्रदेश सांसद महेन्द्रबहादुर थकालीले रिबन काटेर पुलको उद्घाटन गरे।निर्वतमान सांसद थकालीले विभिन्न बाधा, अवरोध र चुनौतिको सामाना गर्दै मुस्ताङ–डोल्पा जोड्ने पुल सम्पन्न भएको बताए।उनले पुल निर्माणले छिमेकी डोल्पासँगको सडक कनेक्टिभिटी जोडिएर यसले सीमावर्ती गाउँ सान्तासहित विभिन्न गाउँमा खाद्यान्न, निर्माण सामग्री र कृषि उपज बजारीकरण गर्न सहज हुने बताए।

वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिन नाम्गेल गुरुङले ढिलै भएपनि पुल निर्माणले स्थानीयवासीमा आशाको सञ्चार पलाएको उल्लेख गरे।’हामीले धेरै वर्ष पुल बन्छ की भनेर कुर्नु प¥यो, धेरै दुःख पाइयो,’ अध्यक्ष गुरुङले भने, ’पछिल्लो ठेकेदारले सहज तरिकाले काम गरेकाले आज पुल बन्न सफल भयो।’कालिगण्डकी नदीमा निर्माणधीन पुल मुस्ताङ–डोल्पा जोड्ने महत्वपूर्ण पुल भएको र यसले डोल्पासँग सिधा मार्ग जोड्न योगदान पुगेको कार्यालय प्रमुख विवेक सिक्देलले बताए।अन्नपुर्ण पाेस्टबाट साभार

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img