spot_img

दार्चुलामा जिप दुर्घटनाः एकको मृत्यु

spot_img

धनगढी,दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो।मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो।तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्।घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!