काठमाडाैँ, सुनको मुल्यआज तोलामा एक हजार रुपैयाँले बढेको छ ।हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्यआज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।