spot_img

“डोल्पाको त्रिपुरासुन्दरीमा जनप्रतिनिधिहरुको सक्रियतामा अवरुद्ध ४ किलोमिटर सडक स्तरउन्नति पछि सञ्चालनमा,ट्रक पहिलो पटक सदरमुकाम दुनै पुग्यो”

spot_img

रूपक कुलाल,डाेल्पा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वर्खायाममा अवरुद्ध करिव ४ किलोमिटर सडक जनप्रतिनिधिहरुको सक्रियतामा स्तरउन्नति पछि सञ्चालनमा आएको हो । असोज ३ गते संविधान दिवसको अवसरमा नगरपालिकाका मेयर जनचन्द्र रोकाया,उपमेयर देवि घर्ती र वडा नम्वर १ का वडाअध्यक्ष रामचन्द्र कुलाल,२ का अध्यक्ष टंक थापा लगाएको जनप्रतिनिधिको टोलि र कर्मचारी सहित स्थानीयहरु सरसफाइ कार्यक्रम गरेको थियो । सरसफाइ कार्यक्रमपछि नगरपालिकाको केन्द्र बगर बजारमा सडक हिलाम्य र अवरुद्ध सडक खुलाउने बारे जनताको आवाज उठाएका थिए । जनताको मागलाइ सम्वोधन गर्दै मेयर रोकायाले वडा नम्वर १ का अध्यक्ष कुलाललाइ अवरुद्ध सडक खुलाउन र हिलाम्य सडकको समस्या समाधान गर्न निर्देशन दिए । सडक खुलाउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले कार्यापालिकाको निर्णय गरेर व्यवस्था गर्ने मेयर रोकायाले जानकारि दिनुभयो ।

मेयरको निर्देशन बमोजिम म आफै खटिएर नगरपालिकाको चुँ गाड खोला देखि छलगाडसम्म अवरुद्ध सडक ३ दिन लगाएर डोजरको सहयोगमा सञ्चालनमा आएको वडाअध्यक्ष कुलालले इमान्दार खवरलाइ जानकारि दिए । मेयर रोकाया र अध्यक्ष कुलालको पहलमा सडक स्तरउन्नतीपछि ट्रक पहिलो पटक जिल्ला सदरमुकाम दुनै पुगेको छ । उनले थपे बगर बजारको हिलाम्य सडक देखि खाल्डा पुर्नेकाम समेत शनिबार सम्पन्न भएको छ,सडक निर्माण पछि अव सदरमुकाम दुनै देखि तल्लुबजारसम्म यात्रुले गाडी फेर्नुपर्ने बाध्यता हटेको छ ।

सडक निर्माणमा स्थानीयवासीको समेत ठुलो सहयोग रहेको र बजारको मुहार फेर्ने अभियानमा रहेको बताए । छलगाउँ जाने अवरुद्ध सडक समेत निर्माणको प्रयास लगाएत नगरपालिका भित्रका बर्खा याममा अवरुद्ध भएका सडक खुलाउने अभियान नै सञ्चालन गर्ने नगरपालिकाका प्रवक्ता समेत रहेका कुलालको भनाइ छ ।
केहि वर्ष बजारक्षेत्रमा रहेको हिलाम्य र पानीका खाल्डा खुल्डि पुर्ने देखि सडकको स्तरउन्नतिपछि जनताले केहि परिवर्तनको आभाष गरेका छन् ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img