spot_img

लागूऔषधसहित ६ जना पक्राउ

spot_img

काठमाडौं, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। एक जना फरार भएका छन्।व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागूऔषध १२ हजार सात सय ५८ एम्पुल र एक केजी गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

व्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो तीन सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो।

त्यस्तै ललितपुरको इमाडोलबाट तीन दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोइन फेला परेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

त्यस्तै १२ हजारभन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बससहित तीनजनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।व्युरोले बरामद भएको लागूऔषधको बजार मूल्य अन्दाजी ३१ लाख ५ हजार रुपैयाँ रहेको जनाएको छ।रासस

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img