spot_img

गाईवस्तु बाँध्न गोठ हिँडेकी १२ वर्षीय सम्झनाकाे,बलात्कारपछि विभत्स हत्या

spot_img

काठमाडाैँ,बझाङको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीय सम्झना कामी उमेरले सानै भएपनि घरपरिवारलाई कामधन्दामा ‘पाको मान्छे’ झैँ सघाउँथिन्। परिवारकी जेठी छोरी उनले मेलापातदेखि बस्तुभाउ चराउन, खाना बनाउन लगायतका घरायसी काममा आमाबुवालाई सघाउने गर्थिन्। सम्झनाको गाउँ ‘खिकाला’ भन्दा झण्डै आधा घण्टाको पैदल यात्रापछि उनको सिममाडौँस्थित बस्तुभाउ बाँध्ने ‘गोठ’ छ। उनी बिहानै गोठमा पुगेर बस्तुभाउ खोलेर चराउन लगाउँथिन्, अनि बेलुका ती पशुचौपाय गोठमा हुल्न आउँथिन् ।

स्थानीय मष्टा आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने उनी विद्यालय बन्द हुनाले यस्तै दैनिकी बिताइरहेकी थिइन्। ‘कलिली मुना’ सम्झना बुधबार ३÷४ बजेतिर बस्तुभाउ गोठमा बाँध्न सिममाडौँ लागिन्। बस्तुभाउ गोठमा हुलेर रात नपर्दै घरमा पुग्ने सम्झना त्यो दिन भने ७ बजेसम्म पनि घरमा पुगिनन्।

समयमै घरमा आउने छोरी घर नपुग्दा आमाबुवा ‘छोरी कहाँ गइ?’ भन्दै चिन्तित हुन थाले र छोरीको खोजीका लागि छरछिमेक गुहारे। बस्तुभाउ चराउने फाँट, बाटोघाटो सबैतिर खोजे तर उनी कतै भेटिइनन्। छोरीको खोजीमा हिँडेका आमाबुवा, छरछिमेकी, गाउँलेहरु सम्झनाको अत्तोपत्तो नपाएपछि निराश भएर फर्किंदै थिए, बस्तुभाउ बाँध्ने गोठभन्दा केही तलको शिवमन्दिरमा सम्झनालाई फेला पारे।

सम्झना रात परेर डरले मन्दिरमा सुतेकी होलिन् भन्ने सोचेर गाउँले मन्दिरतिर खोज्न गएका थिए। सम्झना मन्दिर प्राङगणमा त भेटिइन् तर कसैले कल्पना नै नगरेको अवस्थामा। राति करिब ८ र ९ बजेतिर मन्दिर प्राङगणमा सम्झनाको शव नग्न अवस्थामा फेला पारेपछि गाउँलेहरुले प्रहरीलाई घटनाबारे जानकारी गराए।

सुरुमा त्यहाँ स्थानीय भातेखोला प्रहरी चौकीबाट प्रहरी टोली पुगेको पुग्यो भने राति १ बजे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्का पनि घटनास्थल पुगेका थिए। सम्झनाको नाङगो शरीरमा चोटका नीलडाम रहेको र कानमा लगाएको सुन लुछिएको प्रहरीले जनाएको छ।

बलात्कार पछि हत्या
सम्झनाको बलात्कार पछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘सम्झनाको शरीरभर नीलडाम थिए। टाउको, पिठ्युँ पाखुरामा चोट थियो’ एक प्रहरी स्रोतले भन्यो, ‘कानमा लगाएको सुन लुछिएको थियो, घटना प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको देखिन्छ।’

छिमेकी पक्राउ

घटनाको अनुसन्धानका लागि १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मष्टा गाउँपालिका–२ का १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले घटनाको अनुसन्धानका लागि नियन्त्रणमा हो। उनी मृतक सम्झनाका छिमेकी हुन्। घटनाको अनुसन्धान उनैमाथि केन्द्रिीत भएको प्रहरीले जनाएको छ।

‘उसले गोठ–घर आउजाउ गर्दा सम्झनालाई डर त्रास देखाउने तथा पिछा गरिराख्ने रहेछ। मेडिकल गर्दा उसको शरीरमा पनि चोट देखिएको छ’ प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले हामी उनैमाथि केन्द्रित भएका छौँ, निष्कर्षमा पुगेका छैनौँ।’

प्रहरीका अनुसार मृतक सम्झनाका हजुर बुवा गोरख कामीले बोहराविरुद्ध जाहेरी दिएका छन्। मृतकको पोष्टमार्टम भएकाले रिपोर्ट आए पछि घटना बारे थप खुल्ने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img