spot_img

लोक सेवा आयोगको रोकिएका परीक्षा दशैँ लगत्तै सुरू हुने

spot_img

काठमाण्डौ, कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको लोक सेवा आयोगको परीक्षा दशैँ लगत्तै हुने भएको छ । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो ।

आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्वितीय र २० गते तृतीय विषयको परीक्षा हुनेछ । त्यस्तै व्यवस्थापिका संसद् सेवाको २१ र २२ गते हुनेछ । आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद् सेवातर्फको परीक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ ।

यस्तै नासु तहको परीक्षा मङ्सिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परीक्षा ७ गते र तृतीय पत्र सेवाअनुसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img