spot_img

सल्यानको दुर्घटना अपडेट, मृतक ८ जनाकै पहिचान खुल्यो

spot_img

दाङ,सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुलेको छ। रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

प्रहरीका अनुसार सल्यान कपुरकोट गाउँपालिका ६ जलबाँङका २१ वर्षीय चालक जितबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षिय टोपबहादुर ओली, ११ वर्षीय बसन्त ओली, ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका–६ जलबाँङ कै ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ।जीपमा सवार नौ जना रहेका थिए। नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img