spot_img

सानो दुःखले मैले विवेकशील छाडेको होइन, मिश्र

spot_img

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले धेरै दुःखपछि आफूले विवेकशील पार्टी छोड्ने निर्णय गरेको बताए। उनले त्यहाँ रहेका अन्य साथीहरुले आफैँ पार्टी चलाउने भेपछि आफू छोड्न तयार भएको बताए।’सानो दुःखले मैले विवेकशील छाडेको होइन। उहाँहरुले ’हामी आफैँ चलाउँछु’ भन्नुभयो। त्यही भएर मैले बाटो छोडिदिएँ। तर हेर्नुस् त उहाँहरुको हालत,’ उनले भने।

उनले राप्रपा आउँदैगर्दा आफू एक्लै नआएको बताए। ’धेरैले रविन्द्र मिश्र एक्लै राप्रपा जाने हो भने। म उनीहरुलाई भन्न चाहन्छु– ७ प्रदेशमध्ये ६ जनाले राजीनामा दिएर आउनुभएको छ। काम विशेष केही बाहिर रहनुभए पनि केही साथीहरु यहाँ उपस्थित हुनुभएको छ,’ उनले भने।उनले राप्रपालाई २१औं शताब्दीमैत्री पार्टी बनाएर देखाउने बताए। उनले संघीयता र धर्मनिरपेक्षताको खारेज हुनुपर्नेसमेत बताए। ’यो देश हाम्रोमात्र होइन। हाम्रो छोराछोरी पुस्तका लागि पनि हो। सके राम्रो बनाऔं। नसके नबिगारौं,’ उनले भने।

उनले पछिल्लो समय नेपाल विदेशी शक्तिको चलखल हुने ठाउँ बनेको बताए। ’अमेरिकी कूटनीतिज्ञहरू नेपाल आइरहेका छन्। चीनका ठूला नेता आएका छन्। भारतको प्राथमिकतामा नेपाल सधैं उच्च छ। यसले के देखाउँछ भने नेपाल विश्व शक्तिको केन्द्र बनिरहेको छ। तर, हामी आफैंचाहिँ भ्रष्ट सरकार लिएर बसिरहेका छौं। जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छैनन्,’ उनले भने।

उनले नेपालमा भूराजनीतिक जटिलताहरू आइरहेको बताए। उनले हलो चुनाव चिन्ह बोक्न आफूलाई कुनै लाज नभएकोसमेत बताए। ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ। ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img