spot_img

कंगोमा सहसेनानीबाट निर्घात कुटिएका सैनिक जवान घाइते

spot_img

काठमाडौं,  संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कंगोमा सैनिक जवानहरू आफ्नै कमान्डरबाट निर्घात कुटिएका छन् ।कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट निर्घात कुटिएका हुन् । कुटिएकामध्ये एक सेनाको शरीरमा गम्भीर नीलडाम छ ।

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ ।

सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असोज ८ गते बिहीबार राति भएको घटनाबारे जानकारी प्राप्त भएको साँघुसँग बताए । सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यकिन हुने उनले जानकारी दिए । ‘घटनाबारे जानकारी आएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ । फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ के भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ,’ कंगोमा सैनिक जवान कुटिएको घटनाबारे राखेको जिज्ञासामा प्रवक्ता पौड्यालले भने ।

सुरु भयो कोर्ट अफ इन्क्वायरी

घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

सैनिक प्रवक्ता पौड्यालका अनुसार, घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए । ‘छानबिनले दोषी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कारबाही हुन्छ,’ प्रवक्ता पौडेलले भने ।(साँघुबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img