डोल्पा,जन्मभुमी यात्रामा रहेका कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विरबहादुर शाहीले मुड्केचुला गाउँपालिका ८ ओक्टमा पर्ने सुप्पाकुना गुफा र जगदुल्लामा चिज उद्याेगकाे उद्घाटन गरेकाछन् । दशैंकाे अवसरमा जनताको घरदैलोमै पुगेर दशैं तिहारको शुभकामना आदानप्रदान गर्न जन्मभुमी यात्रामा रहेका मन्त्री शाहीले निर्माणाधीन २४१ मिटर लामो गुफाको उद्घाटन गरेकाहुन् । उद्घाटन गर्दै मन्त्री शाहीले यो गुफा डोल्पाको पर्यटकिय गन्तव्य मध्ये एक महत्त्वपूर्ण गन्तव्य भएपनि प्रसार प्रसारको अभावमा ओझेलमा परेको बताए । यस गुफाको संरक्षण,विकास तथा प्रचार प्रचारकालागि स्थानीय सरकारले विशेष कदम चाल्नुपर्ने मन्त्री शाहीको भनाइ छ। गुफासम्म पुग्न सडक पुर्वाधारको व्यवस्था भए आन्तरिक तथा वाह्य पर्यटकको ओईरो लाग्ने र त्यसबाट आम्दानी समेत लिन सकिने उनले बताए ।
गुफासम्म पुग्ने सिँडि निर्माणका लागि कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गरेको थियो । त्यसैगरि गुफाको विकासमा स्थानीय सरकारको पनि लगानी रहेको छ ।
यस्तै मन्त्री शाहीले जगदुल्ला गाउँपालिकाकाे वडा नम्वर ४ चाैंरिकाेटमा चिज उद्याेगकाे उद्घाटन गरेका छन् । कर्णाली प्रदेश सरकारकाे भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय मन्त्रालयबाट ९० लाखकाे सहयाेगमा भालु पाटन चाैंरिफर्मबाट चिज उद्याेगकाे स्थापना भएकाे हाे । कर्णाली प्रदेश र गाउँपालिकाकाे सहयाेगमा पालिकाकाे भालु लेकमा भालु पाटन चाैंरी फर्म सञ्चालनमा छ । विगत देखि दुध विक्री वितरण गर्दै अाएका कृषकले अव चिजकाे पनि व्यावसाय शुरू गरेका हुन् । प्रदेश सरकारकाे सहयाेग निरन्तर जारी रहेने मन्त्री शाहीले कृषकलाइ बताए ।


















