spot_img

त्रिभुवन विमानस्थलबाट सन्दीप पक्राउ

spot_img

काठमाडाैँ, बालिका बलात्कारको आरोप लागेका क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहीबेर अघि कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।

गत भदौ २१ गते एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिवेला सन्दीप क्यारेबियन लिग खेल्न नेपालबाहिर गएका थिए । उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

लामिछानेले आफू नेपाल फर्किन लागेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img