spot_img

एमालेले संघमा डाेल्पाबाट उठायाे गणेशवहादुर शाही चुनावी मैदानमाः”जिल्लाकाे राजनीतिक परिवर्तनका लागि पनि सबै जनताकाे साथ पाउने शाहीकाे दावी”

spot_img

डाेल्पा,नेकपा एमालेले डोल्पाबाट प्रतिनिधि सभामा गणेशवहादुर शाहीलाइ उम्मेदवार बनाउने निर्णय गरेकाे छ । शाही यस भन्दा पहिले जिल्लाकै ठुलीभेरी नगरपालिकाका मेयर समेत हुन् । पछिल्लाे समय डाेल्पामा आटिला,निडर,शाहसी र आफै निर्णय गर्न सक्ने नेताका रूपमा शाही जिल्ला भर परिचित छन्। शाही याे भन्दा पहिले ठुलीभेरी नगरपालिकाकाे नगर प्रमुख हुँदा कठिन मानिएका गाउँवस्तीमा सडक पुर्याउने काममा महत्वपूर्ण याेगदान रहेकाे थियाे । राष्ट्रिय राजमार्ग हुँदै जुफाल,माझफाल देखि गण्डकी प्रदेशकाे रूकुम हुँदै बाग्नुङ बेनी सडक जाेड्ने कामकाे थालनी समेत शाहीले गरेका थिए । यस्तै नगरकाे प्रशासकिय भवन निर्माणका लागि जग्गा उपलव्धकाे निर्णय सहित लगभग सबै वडाहरूमा वडा कार्यालयका भवन र स्वास्थ्य भवन निर्माण पनि गरेका थिए ।

शाहीले इमान्दार खवरसँग छाेटाे कुरा गर्दै भने “पार्टीले विश्वास गरेर मलाइ टिकट दिएकाेमा पार्टी,जिल्ला पार्टी देखि नेता कार्यकर्ता सबैलाइ धन्यवाद दिन चाहन्छु। चुनावी मैदानमा जिल्ला पार्टीकाे मात्र नभएर जाे परिवर्तन चान्छन्,सबै राजनीतिक दल,समग्र जिल्लावासीले व्यक्तिवादी राजनीतिकाे अन्त्य र विकसीत नयाँ डाेल्पा निर्माणका लागि मलाइ मत दिएर जिताउनु पर्छ र डाेल्पाली जनताले जिताउँछन् भन्नेमा म ढुक्क छु ।”

यस्तै एमालेले प्रदेश सभा “क” मा शेरबहादुर बुढा र “ख” धनचन्द्र वैजीले टिकट दिएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img