spot_img

हुम्लाकाे क्षेत्र नम्वर‘क’ का लागि गठबन्धनबाट परियारले पाए टिकटः यस्ताेछ,उहाँकाे राजनीतिक इतिहास

spot_img

काठमाडौँ, हुम्लाबाट प्रदेश क का लागि गठबन्धन तर्फबाट माओवादी नेता रणसिंह परियारले टिकट पाएका छन् । आज बसको गठबन्धनको बैठकले नेता परियारलाई टिकट दिएको हो ।  नेता परियारले भने, “पार्टीले मलाई पत्याएको छ । त्यसमा म धेरै नै खुसि छु । जति हार भन्ने कुरा मैदानमा होमिसकेपछि हुने नै हो । तर म हरसम्भव जित्ने प्रयासमा लाग्ने छु ।”

नेता परियारको अध्यापन देखि महान जनयुद्धसम्मको राजनीतिक यात्रा
२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै नेकपा मालेको अनेरास्ववियु सूर्योदय मावि श्रीनगरमा सदस्य रहनुभएका परियार युवा अवस्थामा विभिन्न प्रगतिशील विचारधाराका अभियान र कार्यमा संलग्न रहँदै २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा चयन समेत भए ।

२०४८ सालमा नेकपा एमालेको संगठित सदस्य र इलाका नम्बर ८ को उपसचिव पदमा क्रियाशील रहनुभएका परियारले २०५४ देखि २०५७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको इलाका ८ को सचिवका रुपमा काम गरे । २०५८ सालदेखि नेकपा माओवादीको जनयुद्धलाई पूर्णरुपमा समर्थन गर्दै आउनुभएका परियार २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य रहे ।

२०५८ सालदेखि दलित मुक्तिमोर्चाको एरिया सचिव र २०५८ सालदेखि जिल्ला कमिटी सदस्यको रुपमा परियारले काम गरे । २०४९ सालमा नेपाल दलित मुक्तिमोर्चा जिल्ला कमिटीको सचिवालय सदस्य २०६१ सालमा नेपाल दलित मुक्तिमोर्चाको जिल्ला अध्यक्ष र पार्टी विशेष कमिटी सदस्यको रुपमा आफूलाई जनताको सेवामा संलग्न गराए । २०६३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज समेत रहेर परियार दलित आन्दोलनका नेताका रुपमा समेत चिनिन्छन् ।

२०६५ सालमा नेकपा माओबादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत परियारले सम्हालिसकेका छन् । परियार मोर्चामा विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दालाई उठाउँदै २०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय कार्यालय सदस्य र कर्णाली प्रदेश सहसंयोजक भएका छन् ।

पार्टी एकता भएपछि २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहि २०७८ पुसमा भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि रहनुभएका परियार २०७९ साउनमा बसेको केन्द्रीय कमिटीको बैठकबाट वैकल्पिक केन्द्रीय सदस्यका रुपमा छन् । जनता मिडियामा खवर छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img