पञ्जावमाथि राजस्थानकाे सनसनीपूर्ण जितः ताेडियाे १२ वर्ष पुरानो रेकर्ड

आइपिएलमा किंग्स(११ पञ्जावमाथि राजस्थान रोयल्यले सनसनीपूर्ण जित निकालेको छ।आइतबार राति भएको खेलमा पञ्जावले दिएको २२४ रनको लक्ष्य ३ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्दै राजस्थानले ४ विकेटको कीर्तिमान जित निकालेको हो। आइपिएलमा कुनै पनि टिमले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सबैभन्दा ठूलो लक्ष्य पार गर्ने कीर्तिमान पनि राजस्थानकै नाममा थियो।

राजस्थानले सन् २००८ मा डेकन चार्जरले दिएको २१५ रनको लक्ष्य पार गरेको थियो। १२ वर्षपछि राजस्थानले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोडेको हो।बढी रनको लक्ष्य पार गर्ने अर्को टिम दिल्ली क्यापिटल्स हो। दिल्लीले सन् २०१७ मा गुजरात लायन्सले दिएको २०९ रनको लक्ष्य भेट्टाएको थियो।

राजस्थानले आइतबार राति कीर्तिमानी लक्ष्य पार गर्ने क्रममा अन्तिम पाँच ओभरमा ८६ रन जोडेको थियो।

यस्तै अन्तिम तीन ओभरमा जितका लागि ५१ रन चाहिएको अवस्थामा राजस्थानका राहुल टेवाटियाले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले १८औं ओभरमा पञ्जावका सेलडम कोट्रेलको बलमा पाँच छक्का हिर्काएका थिए।

अर्को ओभरमा आउट भएका उनले ३१ बलमा ७ छक्काको मद्दतमा ५३ रन जोडे। जुन राजस्थानका लागि कीर्तिमानी लक्ष्य भेट्टाउन महत्वपूर्ण सावित भयो।राजस्थानका लागि जोफ्रा आर्चरले ३ बलमा २ छक्कासहित नटआउट १३ रन जोडेका थिए।

त्यसअघि राजस्थानका लागि सञ्जु सामसन र स्टिभ स्मिथले आक्रामक ब्याटिङ गरे। प्लेयर अफ दि म्याच भएका सामसनले ४२ बलमा ४ चौका र ७ छक्काको हिर्काउँदै ८५ रन जोडे। स्मिथले २७ बलमा ५० रन जोडेका थिए।

बलिङमा पञ्जावका मोमहद सामीले ३ विकेट लिए।

त्यसअघि पञ्जावले २ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल तयार गरेको थियो। पञ्जावका लागि मयंक अग्रवालले १०६ रन जोड्दै आइपिएलमा पहिलो शतक बनाएका थिए। उनले ५० बलमा १० चौका र ७ छक्का हिर्काए।ओपनर तथा कप्तान केएल राहुलले ५४ बलमा ६९ रन जोडे।

पञ्जावले पहिलो विकेटका लागि १८३ रनको साझेदारी गरेको थियो। अग्रवाल र राहुल आउट भएपछि ब्याटिङमा आएका निकोलास पुरानले ८ बलमा नटआउट २५ रन र ग्लेन म्याक्सवेलले ९ बलमा नटआउट १३ रन जोडेका थिए।

जारी आइपिएलमा राजस्थनको यो लगातार दोस्रो जित हो। पञ्जाव भने तीन मध्ये दुई खेलमा पराजित भइसकेको छ। आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -