काठमाडाैँ, सुनको मुल्य एकैदिन तीन हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
दशैँको बिदा सुरु हुनुअघि गएको १४ गते सुनको भाउ ९३ हजार रुपैयाँ प्रतितोला रहेको थियो । आज बढेर ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै चाँदीको मुल्य पनि तोलामा एक सय १५ रुपैयाँले बढेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।