रूपक कुलाल,डाेल्पा
याे खाेलाकाे नाम हाे रूपगाड । रूपगाड खाेलामाथि दुइ वटा पुल छन्,एक काठेपुल छ,सबैले प्रयाेग गर्ने,अर्काे वर्षाै देखि बन्दै गरेकाे पक्कि पुल छ । याे बाटाे भएर हिड्ने धेरै सर्वसाधरणलाइ लाग्छ पुल बन्दै छ,अव त पक्कि पुलमा हिड्न पाइने भयाे । तर वास्तविकता बुज्नेले भने वर्षाै देखि आधा बन्दै गरेकाे पुल मात्र देखेका छन् । ३ वर्षसम्म पुलकाे आदि ढलान भएकाे छ,फलामका सरीया तेर्स्याइएकाे छ,काम ठप्प छ ।
याे पुल बन्न लागेकाे स्थान डाेल्पा जिल्लाकाे ठुलीभेरी नगरपालिकाकाे केन्द्र जुफाल नजिकै पर्छ । याे बाटाे भएर हिड्ने सर्वसाधरण देखि सबैलाइ लाग्ने गर्छ आखिर याे पुल किन बनेन ? सर्वसाधरण भन्छन् ठेकेदारकाे मनपरि छ,जे गरे पनि हुन्छ । भन्ने केहि कुरा छन्,आक्राेस छ तर भन्ने ठाउँ छैन आक्राेस पाेख्ने त कसलाइ पाेख्ने ? तर याे पुलकाे वास्तविकता अर्कै छ ।
आखिर किन बनेन ३ वर्षसम्म पनि याे पुल ?
इमान्दार खवरलाइ प्राप्त सुचनालाइ आधार मान्ने हाे भने रूपगाड खाेलामा आरसीसी ढलान सहितकाे पक्कि पुलकाे ठेक्का वि.स २०७४ सालमा याे पुलकाे ठेक्का भ्याट सहित करिव ३ कराेडमा जिल्ला प्राविधिक कार्यालय मार्फत खुलेकाे थियाे । उक्त पुल निर्माणकाे जिम्मा मृत सञ्जिवनी निमार्ण कम्पनिले पायाे । त्यसपछि सञ्जिवनी कम्पनिका डाेल्पा प्रतिनिधि हिम बुढाले काम शुरू गरे । तर काम शुरू हुनासाथ मुआब्जाकाे बिवाद भयाे । हिम बुढाका बिजनेश पाट्नर ओम राेका तरालीले काम गराइ रहेका थिए । ठेकेदार तरालीका अनुसार हामिले काम २०७४ असार १ गते देखि काम शुरू गरेका थियाैँ तर निर्माणकाे शुरूमै मुआब्जा विवाद भयाे । बर्खा याममा निर्माण सामग्रीकाे पनि अभाव र बर्खायाममा खाेला बढेकाले काम राेकिएकाे तराली बताउँछन् । काममा विभिन्न बाधा आएपछि उनले काम बिचैमा छाेडेकाे दावी गर्छन् । त्यसपछि हिम बुढाले नै काम गरे । तर पुल निर्माणले पूर्णता पाउँन सकेन ।
प्राविधिक कार्यालय हटेकाे निहुमा पन्छिन खाेज्दैछन् ठेकेदार
रूपगाडकाे पुल निर्माणकाे जिम्मा पाएकाे, मृत सञ्जिवनी निमार्ण कम्पनिका डाेल्पा प्रतिनिधि ठेकेदार हिम बुढा भने जिल्ला प्राविधिक कार्यालय हटेपछि काम अलपत्र परेकाे बताउँछन् । कार्यालय हटेपछि काम भएकाे छ तर कतिकाे काम भयाे भन्ने थाहाँ पाउन समेत मुस्किल परेकाे दावी गर्छन् । काम अनुसारकाे पैसा आफुले पाएकाे तर कति पैसा लिएकाे भन्ने एकिन नभएकाे उनि बताउँछन् । ठेकेदार हिम बुढाका अनुसार मुआब्जा लगाएतका सम्पूर्ण काम सम्पन्न भइसकेका छन् । अव प्रदेश सरकारले भाैतिक पूर्वाधार मन्त्रालय मार्फत बजेट ओएपछि र जिल्लामा पूर्वाधार विकास कार्यालय पनि आएकाेले काम चाँडै शुरू भएर पुल निर्माण चाँडै हुने उनकाे दावी छ ।
पूर्व मन्त्रीकाे आराेपपछि फेरी चर्चामा याे पुल रूपगाडकाे पुल फेरी चर्चामा
कर्णाली प्रदेशका पूर्व मन्त्री तथा डाेल्पाका प्रदेश सांसद नन्दसिंह बुढाले याे पुल निर्माणमा नक्कली विल बनाइ करी १ कराेड २८ लाख रूपैँया खाएर ठेकेदारले काम नगरेकाे सामाजिक सञ्जालमा लेखेपछि याे विषयले फेरी चर्चा पाएकाे छ । हेर्नुहाेस् उहाँकाे भनाइ जस्ताकाे तस्तैः





















