काठमाडाैँ, सुन चाँदीको मुल्य आज पनि घटेको छ ।दशैँ बिदामा मुल्य बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको मुल्य हिजो ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको थियो ।
आज फेरि १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँ तोकिएको छ ।