spot_img

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

spot_img

काठमाडौं,नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ। सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेपछि काठमाडौं जिल्ला अदालतले ५ दिन अनुमति दिएको हो।

अदालतले यस अगाडि सोमबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो। आज म्याद सकिएकाले प्रहरीले म्याद थपका लागि आज पुनः अदालतमा उपस्थित गराएको हो। प्रहरीले असोज ३१ गते फाइल बुझाउने तयारी गरेको छ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका बेला भदौ २१ गते उनीमाथि बलात्कारको आरोप लागेको थियो। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। किशोरीको जाहेरीपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलको निसानामा परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाल फर्केर अनुसन्धानमा सघाउने बताएका थिए। इन्टरपोलको निसानामा परेपछि असोज २० गते दोहा हुँदै स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो।

म्याद थपका लागि अदालत पुगेका सन्दीपले आफूलाई सुनियोजित रुपमा फसाइएको र आफू निर्दोष रहेको दाबी गरेका छन्। उनलाई आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका थिए। उनले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका हुन्।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा उजुरी दिएकी थिइन्। सन्दीपले उजुरी परेलगत्तै प्रतियोगिता छाडेका थिए। त्यसलगत्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि विभिन्न मुलुकमा बस्दै आएका सन्दीप युवा क्रिकेटर सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पु¥याएको र त्यसपछि काठमाडौंको एक होटलमा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img