spot_img

थापाथलीको वाग्मती किनारका अनधिकृत संरचनामा डोजर चल्यो

spot_img

काठमाडाैँ, काठमाडाैँमहानगरपालिका–११ थापाथलीमा रहेको बाग्मती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्ष अघिदेखि यी संरचना हटाउन खोजेको थियो ।

यी संरचना हटाउन यस समितिले गएको माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यस बेला विभिन्न समूहको दबाबमा काम रोकिएकोमा अहिले काठमाडाैँ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।

काठमाडाैँका सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षाैँ बिते पनि सर्न मानेका छैनन् । काठमाडाैँमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img