spot_img

डाेल्पामा कांग्रेसलाइ “क” र “ख” मा माओवादी समाजवादीकाे भाेटै नआउने संकेतःसंघमा दुवै पार्टीकाे मत लिएर जित्ने दाउँमा बुढा,एमालेमा पनि अन्तरर्घातकाे आशंका

spot_img

रूपक कुलाल,डाेल्पा

आसन्न मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । विशेष गरि उम्मेदवार मनाेनयनकाे काममा सबै उम्मेदवार लागिरहेका छन् । यसैविच हिमाली जिल्ला डाेल्पामा पनि चुनावी सरगमिले छाएकाे छ । प्रमुख राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ),नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले,एकिकृत समाजवादी र राप्रपाका उम्मेदवारहरूले पनि मनाेनयनकाे काम टुङ्ग्याएका छन् । डाेल्पामा केन्द्रीय राजनीति जस्तै गठबन्धन अनुसार टिकट वितरण भएकाे छ । जसअनुसार संघकाे टिकट एकिकृत समाजवादी पार्टीबाट सांसद समेत रहेका धनवहादुर बुढा चुनावी मैदानमा छन् । यस्तै क्षेत्र नम्वर “क” मा कांग्रेसबाट जिल्ला पार्टी सभापति दिपेन्द्रवहादुर शाही र “ख” क्षेत्र नम्वर मा माओवादीबाट कर्णाली प्रदेश सांसद तथा पर्यटन मन्त्री समेत रहेका विरवहादुर शाही चुनावी मैदानमा छन् ।

गत स्थानीय तहकाे चुनावमा खसेकाे मतलाइ आधार मान्दा डाेल्पामा माओवादी केन्द्र पहिलाे,एमाले दाेस्राे र कांग्रेस तेस्राे पार्टी बनेकाे थियाे भने चाैंथाे दल समाजवादी बनेकाे थियाे । यसरी हेर्दा डाेल्पामा कम्युनिष्ट बलियाे अवस्थामा देखिन्छ । केन्द्रीय गठबन्धनलाइ हेर्ने हाे भने गठबन्धन बलियाे देखिन्छ मत हेर्ने हाे भने यदी गठबन्धन भए गठबध्नका उम्मेदवारहरूले जित्ने सम्भावना बलियाे छ ।  तर गत स्थानीय तहकाे चुनावमा डाेल्पामा गठबन्धन भएकाे थिएन अहिले पनि जिल्लामा भित्रि चुनावमा गठबन्धन हुने देखिदैन ।

कांग्रेसलाइ “क” र “ख” मा माओवादी समाजवादीकाे भाेटै आउने संकेत

जिल्लामा गठबन्धन भएपनि क्षेत्र नम्वर “क”मा समाजवादीकाे भाेट कांग्रेसलाइ नआउने देखिन्छ । जसकाे आसंका कांग्रेका उम्मेदवार दिपेन्द्रवहादुर शाहीले समेत व्यक्त गरिरहेका छन् । उनले स्पष्ट मत हाल्ने ग्यारेन्टी कांग्रेसका शाही र “ख” का उम्मेदवार विरवहादुर शाहीले समेत खाेजिरहेका छन् । तर समाजवादीका सांसद बुढा व्यक्तिवादी राजनीति गरेर जिल्लामा कांग्रेसमा दाइलाइ र एमालेमा भतिजाेलाइ जिल्ला अध्यक्ष बनाएर दुवै पार्टीमा कब्जा जमाइरहेका छन् । हाल समाजवादीकाे जिल्लामा भाेट उपल्लाे भेग तिर २ हजार जति छ भने तल्लाे डाेल्पामा ५ सय पनि छैन ।

यस्ताे अवस्थामा सांसद बुढाले माओवादी र कांग्रेसकाे भाेट प्रयाेग गरेर जित्ने दाउमा रहेकाे आसंका कांग्रेस र माओवादीका जिल्ला नेता देखि उम्मेदवारसम्मकाे छ । सांसद बुढाले एमालेबाट “क” मा उठेका भतिजा शेरवहादुर बुढा र “ख” मा उठेका विश्वास पात्र बैजीलाइ नै सघाउने उनकाे राजनीतिक स्वभाव र अन्य दलकाे बुझाइ छ ।यसकारण “क” मा कांग्रेसलाइ र “ख” मा माओवादीलाइ भाेट नै नआउने देखिन्छ । स्थानीय तहकाे चुनावमा उनले पनि एमाले,समाजवादी र कांग्रेस प्रयाेग गराएर जिल्लामा माओवादी हराउन ठुलाे खेल खेलेका थिए। अहिले पनि उनकाे भित्रि निति पनि आफु र आफ्नालाइ जिताएर गठबन्धन दललाइ हराउने रहेकाे अन्य दलका नेताकाे बुझाइ छ । तर कांग्रेस र माओवादी उम्मेदवार पनि हार्ने डरले अहिले गठबन्धनलाइ सहयाेग गर्न भनेर लागि परेका छन् ।

त्यसैले नेताहरूकाे विचकाे अविश्वास,अासंका र मतभेतकै अाधार मान्दा गठबन्धन नहुने देखिन्छ । उम्मेदवारहरूले गठबन्धनकाे भर नपरेर आफ्नालागि तयारीमा लाग्नु नै बुद्दिमानी हुने पार्टी भित्रैका नेताहरूकाे भनाइ छ ।

एमालेमा अन्तरघातकाे अाशंका

यस्तै नेकपा एमाले संघकाे चुनावमा इतिहास देखि जिल्लामा बलियाे पार्टीका रूपमा छ । अहिले एमालेबाट संघकाे चुनावमा  गणेशवहादुर शाही चुनावी मैदानमा उत्रिएका छन् । शाही यस भन्दा पहिले जिल्लाकै ठुलीभेरी नगरपालिकाका मेयर समेत हुन् । पछिल्लाे समय डाेल्पामा आटिला,निडर,शाहसी र आफै निर्णय गर्न सक्ने नेताका रूपमा शाही जिल्ला भर परिचित छन्। चुनावी मैदानमा जिल्ला पार्टीकाे मात्र नभएर जाे परिवर्तन चान्छन्,सबै राजनीतिक दल,समग्र जिल्लावासीले व्यक्तिवादी राजनीतिकाे अन्त्य र विकसीत नयाँ डाेल्पा निर्माणकाे मुद्दा लिएर शाही चुनावी मैदानमा हाेमिएका छन् । उनलाइ एमालेकाे सैद्दान्तिक मत पुरै र परिवर्तनका आवाज उठाउने जनताकाे मत पाए उनले जित्ने सम्भावना बलियाे छ ।

 तर उनकै पार्टीका अधिकांस नेता पार्टी र विचार भन्दा व्यक्तिवादमा खुलम्खुल्ला लागेकाेले उनलाइ पार्टीबाटै अन्तरघातकाे सामना गर्न निकै हम्मे हम्मे देखिन्छ । पार्टी जिल्ला नेतृत्व तहका केहि नेता देखि स्थानीय तहका नेतासम्म समाजवादीका सांसद बुढाकै इसारामा चन्ले भएकाले पार्टी भित्र अन्तरघातकाे ठुलाे अाशंका र हल्लिखल्लि मच्चिएकाे छ । अन्य पार्टी र जनताकाे साथ रहन्छ रहन्न त्याे त चुनाव पछि मात्रै थाहाँ हुनेछ । दुइ पटक चुनाव जितेकाे सांसद विरूद्दकाे लडाइ शाहीलाइ पनि सहज हुने छैन तर पार्टी भित्रकाे अन्तरर्घात राेक्न सकेर अन्य पार्टी पनि भाेट तान्न सके भने उनले जित्ने धेरैले आकलन गरेका छन् ।

निष्पक्ष चुनावका लागि सबै चनाखाे हुनुपर्ने छ 

डाेल्पाकाे तल्लाे भेगमा खासै चुनावमा समस्या नदेखिएपनि उपल्लाे डाेल्पाकाे दुर्गम भेगतिर इतिहास देखि बुथ नै कब्जा हुने गरेकाे छ । यसलाइ राेकेर निष्पक्ष चुनाव गराउन सबै राजनीतिक दल लाग्नु पर्ने छ,यसले संघ र प्रदेशकाे चुनावमा समेत फरक पर्न सक्छ । पैसाकाे पनि ठुलाे चलखेल हुने देखिन्छ,अधिकांस उम्मेदवार निर्माण व्यवसायी भएकाेले पनि पैसा धेरै खर्च हुन सक्छ । डाेल्पामा अर्काे भनेकाे गाउँ गाउँका धामी र डाङ्गयाहरू उम्मेदवारबाट पैसा खाएर जनताकाे भाेट धेरै तलमाथि गरेकाे अाराेप लाग्ने गरेकाे छ । रत्तेहाल हाल्न लगाउने,धजा छुने जस्ता चुनावमा हुने गलत हर्क राेक्न पनि सबै पार्टीका उम्मेदवारहरू र निर्वाचन कार्यलय पनि चनाखाे हुनुपर्ने देखिन्छ । यस समस्याका विषयमा केन्द्रीय निर्वाचन अायाेगकाे  कार्यालयसम्म सम्म समेत विषय उठान भएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img