spot_img

विपन्नको सामान खोसेर चार महिनामा काठमाडौं महानगरले ग¥यो ९० लाख आम्दानी

spot_img

काठमाडाैँ, काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूबाट पछिल्लो चार महिनामा दैनिक झन्डै चार सय बोरा उपभोग्य वस्तु जफत गरेको छ । असार, साउन, भदौ र असोजमा ९० लाख मूल्यबराबरको फलफूल, चटपटे, तरकारी र दैनिक उपभोग्य वस्तु नगर प्रहरीले सडक व्यापारीबाट जफत गरेको हो ।

नगर प्रहरीले यस अवधिमा दुई सय हाराहारी ठेलागाडा र साइकल पनि जफत गरेको छ । ठेलागाडादेखि दैनिक उपभोग्य वस्तुको न्यूनतम मूल्य जोड्दा झन्डै एक करोड हाराहारीको सामान महानगरले जफत गरेको छ । यी सबै सामग्री तल्लो तहका व्यापारीबाट जफत गरिएको हो ।

पछिल्लो समय नगर प्रहरीले सडकपेटी, साइकल तथा ठेलागाडामा बेच्न राखेको फलफूल, लत्ताकपडा र खाद्य सामग्री जफत कार्यलाई तीव्रता दिएको छ । बालेन्द्र साह मेयरमा निर्वाचित भएर आएपछि नगर प्रहरी फुुटपाथ व्यापारीमाथि निर्मम बनेको छ । महानगरभित्रको फुटपाथ र सडक–किनारमा साना व्यापारीले बेच्न राखेका सामान नगर प्रहरी खोसेर टेकुमा संकलन गर्ने गरेको छ । जफत गरिएका सबैजसो सामान टेकुस्थित आन्तरिक प्रशासन तथा जरिवाना एकाइमा राखिएको छ । जफत गरिएका सामानले इकाइपरिसर भरिभराउ छ ।

पछिल्लो समय नगर प्रहरीले कडाइ गरेर ती सामान जफत गरेको महानगर नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले बताए । उनका अनुसार सडक तथा फुटपाथबाट बरामद गरिएका सामान फिर्ता दिइँदैन । त्यसलाई महानगरले लिलामी प्रक्रियाबाट बेच्छ । फलफूल तथा तरिकारी भने टेकुमै कुहिन्छ । कतिपय व्यापारीलाई चार हजार रुपैयाँसम्म जरिवाना तिराएर तरकारी र फलफूल फिर्ता पनि दिइन्छ । तर, उक्त तरकारी र फलफूल बेच्न राखेको ठेलागाडा र साइकल जफत हुन्छ ।

जरिवाना चर्को तथा ठेलागाडा र साइकल जफत हुने भएपछि अधिकांश सडक व्यापारी महानगरले खोसेको सामान लिन टेकु जाँदैनन् । ‘सडक तथा फुटपाथमा राखिएका साइकल, दैनिक उपभोग्य वस्तु, ठेलागाडालगायत सामान नगर प्रहरीले उठाउँछ,’ कार्कीले भने, ‘दैनिक उपभोग्य वस्तु लिलामी प्रक्रियाबाट हामीले बेच्छौँ ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img