spot_img

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ खेलाडीको ज्यान गयाे

spot_img

कास्की,  पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको छ ।

आज आइतवार पोखराको सराङकोटमा आकाशमा उडिरहेको अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पोखरा–१० अस्पताल चोकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चोकमा रहेको मेट्रो सिटी अस्पताल पु¥याइएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।रासस

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img