काठमाडाैँ, सुनको मुल्य आजसामान्य बढेको छ ।सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको मुल्य हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको मुल्य भने स्थिर छ । चाँदीको मुल्य तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।