spot_img

एथलेटिक्सको तीन हजार मिटर स्टिपलचेसमा दुर्ग बुढालाई स्वर्ण पदक

spot_img

जुम्ला, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको तीन हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जितेका हुन्।भारतीय सेनामा कार्यरत बुढालाई खेलाएको विषयमा विभागीय टिमले विरोध गरे पनि उनले प्रतिस्पर्धामा भाग लिएका थिए।

स्वर्ण जित्ने क्रममा उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे। रजत पदक जितेका एपिएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे।आर्मीका सुवास कार्कीले कास्य पदक हात पारेका छन्। उनले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरे।

स्वर्णसँगै आफू पहिलो हुनेमा आत्मविश्वासी रहेको उनले बताए। जागिरको लागि भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताएका दुर्गाले नेपालले खेलाउन चाहेको खण्डमा भारतबाट अनुमति लिएर आउने बताए।साथै १३औं सागमा आफूलाई २ महिनाअघि बोलाएको र जागिरका कारण आउन नसकेको उनले बताए। उनले भातरबाट एसियन च्याम्पियनसिप खेलेका थिए।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img