spot_img

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

spot_img

काठमाण्डाै – सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको  छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img