spot_img

कर्णालीका हवाई उडानमा भएको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था,उडान थप हुने

spot_img

काठमाडौं,वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ।

मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा संघले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिवद्धता जनाएको हो। छलफलमा बोल्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णालीमा वर्षाको कारण सडकमार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिवद्धता जनाए।

कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताउँदै उनले अलपत्र परेकाको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने औंल्याए। क्याप्टेन थापाले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि जानकारी दिए।

प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री भण्डारी नेतृत्वको टोलीले मंगलवार नै पर्यटनमन्त्रीलाई भेटेर कर्णालीमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न माग गरेको थियो।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img