spot_img

दल र उम्मेदवारले कात्तिक १७ भन्दाअघि गर्न पाउँदैनन् यस्ता गतिविधि

spot_img

काठमाडौँ, निर्वाचन आयोगले कात्तिक १७ गतेभन्दा अगाडि आचारसंहिताको व्यवस्थाअनुसार प्रचार प्रसारका कार्यक्रम नगर्न निर्देशन गरेको छ । आयोगले आचारसंहिताको दफा १३ बमोजिम मतदान हुने दिनभन्दा सत्र दिन अघिसम्म गर्न नपाउने भनेका प्रचार प्रसारका गतिविधि नगर्न दलहरू र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४ मंसिरमा मतदान हुँदैछ । त्यसको १७ दिनअघि अर्थात् कात्तिक १७ गतेसम्म दल र उम्मेदवारले आचारसंहिताले निषेध गरेका प्रचार प्रसारका कार्यक्रम गर्न पाउँदैनन् । यदि त्यस्ता गतिविधि गरेमा आयोगले आचारसंहिता उल्लंघनको विषयमा कारबाही गर्नसक्ने जनाएको छ ।

आचारसंहितामा भएअनुसार दल वा उम्मेदवारले कात्तिक १७ गतेसम्म जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।आयोगले प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भन्दै दल तथा उम्मेदवारहरूलाई स्मरण गराएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img