काठमाडौं,लजको कोठाभित्र गोप्य रूपमा भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–१५ घर भई हाल बाँसबारीस्थित बाँसबारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत ४२ वर्षीय मुकेश माली रहेका छन्।काठमाडौं महानगरपालिका–३, बाँसबारीस्थित रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी उनको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा मोबाइल फोनमा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिहरूका रेकर्डेड भिडियो फेला परेको छ।
उनको साथबाट आइफोन १२ प्रो म्याक्स बराबद गरिएको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ’सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ’अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको छ।