spot_img

बिप्लव समुहको ‘अपहरण’मा परेकाे नाटक गर्ने कांग्रेसी वडाध्यक्ष केटीसँग होटलमा भेटिएपछि

spot_img

सल्यान, जिल्ला प्रहरी कार्यालय सल्यानमा एक वडाध्यक्षकी श्रीमतीले आफ्नो पति दाङ र सल्यानको सीमा क्षेत्रबाट बिप्वल समुहको अपहरणमा परेको भन्दै फोन गरिन । यसरी बिप्लव समुहको अपहरणमा परेको भन्दै पत्नीलाई फोन गर्ने ब्यक्ति थिए, सल्यानको शारदा नगरपालिका –१३ का वडा अध्यक्ष तुलसी रावत ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षलाई बिप्लव समुहको अपहरणमा परेको भन्दै श्रीमतीबाट फोन आएपछि प्रहरीले तत्कालै सवै संयन्त्र परिचालन गर्यो । दाङबाट फोन गरेर रुदै अपहरणमा परेको र केही पैसा मागेको बताएपछि प्रहरीले दाङ प्रहरीलाई पनि घटनाबारे जानकारी दिई खोजी अघि बढायो । असोज ११ गतेबाट वडाध्यक्ष बेपत्ता भएको र अपहरणमा परेको घटनाले सल्यान र दाङ मात्रै होइन, कर्णाली र प्रदेश ५ सवैतिरका सुरक्षा निकायमा हंगामा मच्चियो ।

बुधवार (असोज १४ गते) प्रहरीले जव रावतलाई फेला पार्यो आफै चकित पर्यो । अपहरणमा परेका भनिएका वडाध्यक्ष दाङको तुलसीपुरमा एक होटलमा महिलासँग फेला परेपछि पत्नी र समाजमा पर्दा हाल्ने उनको कला देखेर प्रहरी चकित परेको हो । असोज ११ गते सदरमुकाम खलंगा जान्छु भनेर घरबाट निस्किएपछि वडाध्यक्ष रावत सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहिन भएपछि प्रहरीमा खोजतलासको उजुरी समेत पर्यो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाका अनुसार तुलसीपुरको एक होटलमा भेटिएका वडाध्यक्ष रावतले आफ्नो व्यक्तिगत लेनदेनको कारणले दाङ झरेको बताएका छन ।

विप्लव कार्यकर्ताले चन्दा मागेर तनाव दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने कुरा पुष्टि भइ नसकेको थापाको भनाई छ । प्रहरीले वडाध्यक्ष रावतलाइ आज परिवारको जिम्मा लगाइसकेको छ । वडाध्यक्ष रावत महिलासँग फेला परे पनि प्रहरीले गोपनीयताको कारण ती महिलाको पहिचान लुकाएको छ ।

वडाध्यक्ष रावत गत शनिबार सल्यानको श्रीनगरबाट नाइट बस चढेर दाङको तुलसीपुर पुगेको र त्यहाँ पुगेर परिवारलाइ फोन गरी ‘म विप्लबको अपहरणमा परेको छु, २० हजार रकम आवश्यक छ’ भनेर रोएको जस्तो आवाजमा फोन गरेका थिए । उनलाई छुटाउन आफन्तहरु पैसाको जोहो गर्नतर्फ लागे पनि उनले पहिलोदेखि सम्बन्ध रहेका ती महिलासँग रमाउन यस्तो नाटक गरेको पाइएको हो । जनता टाइम्समा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img