काठमाडाैँ, सुन चाँदीको मूल्य आज बढेको छ।सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ ।दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको महासङ्घले जनाएको छ।