काठमाडाैँ, कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई ’निरन्तरतामा नवीनता’ नाम दिएको बताए ।
उनले भने ’नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ।’
सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए । फोहोरको दिर्घकालिन समाधान, संसद्लाई पाँच बर्ष पूरा कार्यकाल कायम राख्ने लगाएतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र पाँच खण्डमा तयार पारिएको छ।