spot_img

ओलीलाई आफूसँग जति बुद्धि, क्षमता कसैसँग पनि छैन भन्ने अभिमान भयो, घनश्याम भुसाल

spot_img

रुपन्देही, नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभइ सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो ।

आज आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको जिकिरसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो पटक जब उहाँ (ओली) प्रधानमन्त्री हुनुभयो । उहाँले यी सब कमिला हुन्, यी पार्टीका पनि कमिला बराबर नै हुन् भन्ने ठान्नुभयो । यी जनता भनेका, अरू पार्टी भनेका, कांग्रेस भनेका छिचिमिरा हुन् र यिनको काम छैन भन्ने हिसाबले सोच्नुभयो । संसारमा कोही छ भने म छु, कोही प्रतापी छ भने म छु, कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ, मसँग जति सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने अभिमान उहाँमा विकसित भयो । उहाँले नेकपा एमालेमा त समस्या बनाउनुभएको थियो र संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि हामी उहाँको विरोधमा उत्रनुपर्ने भयो ।

उहाँले संसद् विघटन गरेपछि संसद् विघटनको विरुद्धमा, संविधानको पक्षमा हामी सडकमा निक्लनुपर्ने अवस्था आयो । अदालतमा मुद्दा चलेर संसद्लाई पुनर्स्थापित गरिदिएपछि उहाँमा थोरै पनि नैतिकता हुन्थ्यो भने प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनुपर्थ्यो ।’नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाउनुभयो । त्यसक्रममा उहाँले ओलीले संविधानलाई कागजको खोस्टोमा परिणत गराउने दुस्साहस गरेको जिकिरसमेत गर्नुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img