spot_img

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दल छन्, अध्यक्ष दाहाल

spot_img

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दलहरू रहेको बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको घोषणापत्र कार्यान्वयनबारे सोधिएको प्रश्नमा भने, ‘निर्वाचन प्रणाली या शासकीय सुधारको कुरामा हामी एक्लैको बहुमत आइहाल्ने स्थिति छैन । दुई तिहाइ त झन् आउने कुरै भएन ।’

उनले घोषणापत्र कार्यान्वयनका सवालमा गठबन्धनभित्र पनि छलफल गर्ने बताए । ‘हामी गठबन्धनभित्र पनि छलफल गर्छौँ । अन्य राजनीतिक शक्तिसँग पनि छलफल पक्कैपनि गर्छौँ । र यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा देशका बहुमत राजनीतिक शक्तिहरू पक्षमा छन्’, प्रचण्डको भनाइ छ । उनले अहिलेकै निर्वाचनको घोषणापत्रमा पनि कतिपय दलहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा राखेको भन्दै हिजो एमालेले समेत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गरेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै खालका राजनीतिमा देखा परेका विकृति र विसंगति हटाउन मिडियाले समेत आवाज उठाए राष्ट्रिय सहमति गर्न सजिलो हुने बताए । उनले गठबन्धनभित्र भएको सहमति र समझदारीबारे जनतामा सार्वजनिक गरिसकिएको भन्दै पार्टीका आआफ्नो विचार र सिद्धान्तअनुसार नै घोषणापत्र जारी गरिरहेको र पार्टीका विचार जनताले थाहा पाउन जरुरी रहेको बताए ।

उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको बताए । उनले आफ्नो पार्टीले गरेका गल्ती कमजोरी सच्चाउँदै अघि बढ्ने संकल्प गरेको समेत बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img