spot_img

निर्वाचनमा प्रयोग गर्न भारतले दियो २ सय वटा गाडी उपहार

spot_img

काठमाडौं,भारत सरकारले आगामी निर्वाचनका लागि नेपाललाई दुई सय गाडी उपहारस्वरुप दिएको छ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सय गाडी उपहारस्वरुप प्रदान गरेका हुन्।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी गाडीहरु चुनावका दौरान प्रयोग गरिनेछन्। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा गाडी निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ।अर्थमन्त्री शर्माले विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए।

विगतका वर्षहरुमा aपनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।भारत सरकारले प्रहरी र सशस्त्रलाई अहिलेसम्म झन्डैं दुई हजार गाडी सहयोग गरेको छ भने नेपाली सेना र निर्वाचन आयोगलाई करिब चार सय गाडी उपहारस्वरुप प्रदान गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img