spot_img

कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

spot_img

विराटनगर, विराटनगर महानगरपालिका–४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ।रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोल्ड स्टोरभित्र ग्यास लिक हुँदा निसास्सिएर चौधरी बेहोस भएका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि साढे १ बजेतिर विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो। उपचारका क्रममा २ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए।स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए। त्यही बेला एक्कासि ग्यास लिक भएको थियो। बाहिर निस्कन नपाउँदै उनी बेहोस भएर ढलेको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए। कोल्ड स्टोरका लागि आवश्यक पर्ने ग्यास त्यहीँ भण्डार गरेर राखिएको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भण्डारणस्थलबाटै लिक भएको पत्ता लागेको छ। स्थानीयले भने कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img