spot_img

चार प्रदेशको मतपत्र ढुवानी सकियो

spot_img

काठमाडौँ, निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न गरेको छ । भुगोलको अवस्थाअनुसार सडक र आवश्यकताअनुसार हवाईमार्गसमेत गरी सबैभन्दा दुर्गम रहेका कर्णाली र सुदूरपश्चिमसहित चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको हो ।

आयोगले बिहीबारमात्रै मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी गरेको छ । योसँगै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ ।शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी हुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ ।आयोगकाअनुसार शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पु¥याइसक्ने आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img