spot_img

टिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

spot_img

पर्सा, पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै टिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । ना.८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडेको थियो ।सो तारबाट चुहिएको करेन्ट लागेर मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ घर भएका ४५ वर्षीय नागेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ड्राइपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना.४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षका सिकेन्द्र प्रसाद यादव घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिए । दुर्घटना गराउने टिपर चालक फरार छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img