spot_img

“लकडाउनसँगै खुलेकाे फाेक्सुण्डाे तालकाे सुन्दरता” घुम्न जाने आन्तरिक पर्यटककाे घुँइचाे ( फाेटाेफिचर सहित )

spot_img

डाेल्पा, फाेक्सुण्डाे ताल जहाँ पुग्ने सबैकाे सपना हुन्छ । एक छिनमा नीलो, एक छिनमा फिक्का नीलो । छिन छिनमै पानीको रंग फेरिँदो रहेछ फोक्सुण्डो तालमा । तालको गहिराई ६ सय ५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो ।

फोक्सुण्डो तालबाट निस्केकोे झरना नेपालकै सबैभन्दा ठूलो झरना पनि हो । यसलाई फोक्सुण्डो झरनासमेत भन्ने गरिन्छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाईमा अवस्थित फोक्सुण्डो तालको सुन्दरता एरिक भ्यालीले क्याराभान फिल्ममार्फत संसारसामू पस्किदिएका थिए ।

कसरी पुग्ने ?

नेपालगञ्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि सुरु हुन्छ, पैदल यात्रा । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टा जति लाग्छ,दोस्रो दिन दुनैदेखि छेप्का, तेस्रो दिन छेप्कादेखि झरना,चौथो दिन झरनादेखि फोकसुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।

तर विश्वभरी महामारिका रूपमा फैलिएकाे काेराेना भाइरसका कारण केहि महिना यता फाेक्सुण्डाे ताल घुम्न जाने पर्यटक नै थिएनन् तर लकडाउन खुलेसँगै फाेक्सुण्डाे तालकाे सुन्दरता हेर्न जाने आन्तरिक पर्यटककाे घुँइचाे दिनदिनै घुँँइचाे नै लाग्ने गरेकाे छ । शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका अनुसार असाढ देखि हालसम्म २ सय ३५ जना फाेक्सुण्डाे हेर्न गएका छन् । जसमध्ये ७ जना महिला छन् भने अन्य पुरूष रहेका छन् । निकुञ्जका वार्डेन सरोजमणी पौडेलका अनुसार २ सय ३५ जनाबाट २३ हजार ५ सय राजस्व संकलन भएकाे जानकारी दिए । काेभिडका कारण बाह्य पर्यटक नआएपनि आन्तरिक पर्यटक भने घुम्न गइरहेका छन् ।

गत असोज 15 गते यस शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र 3640 m काे उचाइमा रहेको फोक्सुण्डो तालको छेउमा डोल्पा जिल्ला अन्तर्गत 16 औं “जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई” को बैठक समेत बसेकाे थियाे । बैठकमा कर्णाली प्रदेशका पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद आचार्यकाे समेत उपस्थिति थियाे । बैठकले महत्वपूर्ण निर्णयहरू समेत पारित गरेकाे बताइएकाे छ ।

फाेक्सुण्डाेकाे सुन्दरतालाइ तस्विरमा हेर्नुहाेस्

तस्विर डा.मेलिना हमाल,डा.सिजन रावल,जेके बुढाकाे प्राेफाइल र सामाजिक सञ्जालबाट

      

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img