काठमाडाैँ, काठमाडौंबाट सुर्खेतको लागि उडेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानका आकस्मिक अवतरण गरिएको छ ।
बिहान सुर्खेतमा मौसम प्रतिकुल भएपछि सल्यानको खलंगामा केहिबेर हेलिकोप्टर अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।सुर्खेतको मौसममा सुधार भएपछि उनी पुनः सुर्खेत प्रस्थान गरेका छन् ।